दमौली :कोभिड–१९ को जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले विभिन्न स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ। सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।
कोभिडको संक्रमण दिनानुदिन बढदै गइरहेको अवस्थामा कार्यालयमा खोप कार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीडभाड नघटेपछि आलोपालो प्रणाली लागु गरेको हो । अबदेखि आइतबार, मंगलबार, बिहीबार तीन दिन व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिने प्रशासनले जनाइएको छ। ।
त्यसैगरी सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको स्थानियले सेवा पाउने प्रशासन कार्यालय तनहुँले जनाइएको छ। ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?