समस्यामा पर्ने श्रमिकका लागि श्रममन्त्रीले सार्वजनिक गरे सचिवालयको फोन नम्बर

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले भिजिट भिसाको नाममा श्रमिकलाई अलपत्र बनाउने काममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउने बताएका छन् । उनले समस्या परेका सोझै श्रमिकले आफ्नो सचिवालयमा सम्पर्क गर्नसक्ने गरी फोन नम्बर सार्वजनिक गरेका छन् ।

मंगलबार एक अपील जारी गर्दै उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा यूएई पुर्‍याई दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौं गुनासो आउने गरेको बताएका छन् ।

‘अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा पर्नुभएको छ भने त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनिहरुबारे जानकारी गराइ सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,’ मन्त्री श्रेष्ठले अपीलमा भनेका छन्,’ त्यसका लागि श्रेष्ठले सचिवालयको मोबाइल नम्बर ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन सक्ने जानकारी दिएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?