तनहुँको प्रारम्भिक जनसङ्ख्या ३ लाख २६ हजार ९ सय ६२

दमौली: राष्ट्रिय जनगणना–२०७८को प्रारम्भिक नतिजा अनुसार तनहुँको जनसङ्ख्या ३ लाख २६ हजार ९ सय ६२ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधवार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जनगणनाको नतिजाअनुसार तनहुँमा राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षमा जिल्लामा ४ हजार ३ सय ३२ जनसंख्या थपिएको हो ।

तनहुँका १.७७ प्रतिशत जनसंख्या परिवारमा अनुपस्थित (विदेशमा) रहेको देखिन्छ । जसअनुसार ३८ हजार ४ सय ४० जना विदेशमा रहेको तथ्याङ्कमा उल्लेख छ । जसमा ३४ हजत १ सय ५४ जना पुरुष र ४ हजत २ सय ८६ जना महिला रहेका छन् ।

तनहुँका १० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै जनसंख्या व्यास नगरपालिका  रहेको छ सबैभन्दा कम देवघाट गाउँपालिकामा रहेको तथ्याङ्कमा उल्लेख गरेको  छ ।

स्थानीय तहमध्ये क्रमशः व्यास नगरपालिकामा  ८० हजार ९ सय ४४ जना, शुक्लागण्डकी नगरपालिकामा ५५ हजार ७ सय ४९ ,भानु नगरपालिकामा ४३ हजार २ सय ५५, भिमाद नगरपालिकामा ३३ हजार ७७, म्याग्दे गाउँपालिकामा २३ हजार ३ सय ८५ , आँबुखैरेनी गाउँपालिकामा २२ हजार ३ सय ४९, बन्दिपुर गाउँपालिकामा १९ हजार ४ सय ३,ऋषिङ गाउँपालिकामा १८ हजार ८ सय २१,घिरिङ गाउँपालिकामा १५ हजार ३८ र देवघाट गाउँपालिकामा  १४ हजार ९ सय ४१ जनसंख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।

सार्वजनिक जनगणनाको नतिजा अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?