कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौँ: नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।भर्चुअल माध्यमबाट आज दिउसो ३ः०० बजे  केन्द्रीय  कार्यसमितिका बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्  ।

 

मुख्य सचिव पौडेलले जारी गरेको विज्ञप्तीमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा सहभागिताका लागि भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त हुने जानकारी गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?