चौथौ कुलुङ्ग कपको उद्घाटन पूर्वमन्त्री चुमानले गर्ने

दमौली : तनहुँ जिल्लाको व्यास नगरपालिका-१४ मझाथरमा चौथौ कुलुङ्ग कप अन्तर्गत पुरुष भलिवल एवं दौड प्रतियोगिता आज माघ १६ गते हुने कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका पूर्वमन्त्री हरि बहादुर चुमानले गर्ने भएको आयोजक समितिले  बताएका छ्न  ।

‘खेल राष्ट्रको पहिचान पर्यटन प्रबर्द्दन हाम्रो अभियान ‘ भन्ने  मुला नारा साथ श्री छाब्दी बाराही लाङ्गघली युवा क्लबले कपको आयोजना गरेको क्लबका अध्यक्ष चन्द्र बहादुर आले जानकारी दिए ।विकास निर्माणका कार्यलाई तीब्रता दिदै खेल तथा मौलिक साँस्कृतिलाई पनि संगसंगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथामिकतामा राखिएको अध्यक्ष आलेले बताएका छन् । उक्त कपमा कौरा नाच, झ्याउरे नाच , सोरठी नाच,हिमश्रृंखलाहरुको अबलोकन ,होमस्टे, लाखे नाच, अगार्निक नानाहरु कुलुङ्ग गढीको अबलोकन तथा विविध साँस्कृतिक कर्यक्रम  हुने उनले बताए ।

खेलकुद संयोजक दिपक सारु मगरका अनुसार पुरूष भलिबल प्रतियोगितामा प्रथम हुनेले रु. ४० हजार,दोस्रोलाई रु.२५ हजार, तेश्रो हुनेलाई  रु.१५ हजार र सान्तवना हुनेलाई रु.६,००० नगद ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुका साथै उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेकोखेलकुद संयोजक मगरले  जानकारी  दिए । त्यसैगरी दौड प्रतियोगिता तर्फ प्रथम हुनेलाई रु. ५  हजार,दोस्रोलाई रु.३  हजार, तेश्रो हुनेलाई  रु.२ हजार नगद ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने मिडिया पार्टनरको रुपमा दमौली अनलाइन डट कम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?