दमौली :पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंएर मृत्यु भएका व्यास नगरपालिका–५ साँघेका विकास विक र अनिल बाचेमगर उचित माग गर्दै आज जिल्ला प्रहरी कार्यालय तनहुँ अगाडी आफन्तहरुले नारावाजी गरेका छन् ।
मृतक अनिलका दाई सन्दिप बाचेमागरका अनुसार केहि रकम दिएर मिलाउनु खोजेको भन्दै उचित क्षतिपूर्ति नपाउँदासम्म आफूहरूले आवाज उठाईरहने उनको भनाइ छ। मृतकका आफन्तले दोषीलाई कानुनीरुपमा कारबाही नगरेसम्म शव नबुझन सन्दिपले बताए ।
उनीहरु सवार ग १८ प ९२२५ नम्बरको मोटरसाइकल र लु १ ख ९८३२ नम्बरको ट्रक गएराति तनहुँको व्यासनगरपालिका वडा नं. १२ स्थित बेल भञ्ज्याङमा ठोक्किएका थिए । मृतकहरुको शव दमौली अस्पतालमा राखिएको, ट्रक र चालक प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक खड्काले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?