दमौली :पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किंदा गत सोमबार राती मृत्यु भएका व्यास नगरपालिका–५ साँघेका विकास विक र अनिल बाचेमगरका आफन्तहरुले क्षतिपूर्ति दिने सहमति पछि शव बुझेका छन् । उचित क्षतिपूर्ति र दोषीलाइ कार्वाहीको माग गर्दै मृतकका आफन्तले हिजो साँझ जिल्ला प्रहरी कार्यालयमा धर्ना तथा नारावाजी गरेका थिए ।
काजक्रियावापत रु.५० हजार तत्कालै उपलब्ध गराइएको र अन्य रकम बीमामार्फत पाँच लाखसँगै ट्रक समितिको तर्फबाट डेढ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध हुने सहमतिको आधारमा आफुहरुले शव बुझेको मृतक अनिलका दाई सन्दिप बाचे मगरले बताए ।
दमौलीबाट बन्दीपुर जन्म दिन मनाउन जाने क्रममा व्यास -१२ देउरालीमा लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनीहरुको घट्नास्थलमै ज्यान गएको थियो । अहिले ट्रक र चालक प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक खड्काले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?