मूल्यवृद्धिको विरोध गर्दै राष्ट्रिय युवा संघले दमौलीमा निकाल्यो राँके जुलुस

दमौली :नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, तनहुँले दमौली मा विरोध कार्यक्रम गरेको छ । बिहिवार साँझ भएको कार्यक्रममा सहभागि युवाहरुले मापसे सरकार मुर्दावाद, रेणुकुमारी यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर जस्ता नारा लगाएका थिए ।

समयमै स्थानीय तहको निर्वाचन गर्न माग गर्दै राँके जुलुससहित युवाहरु सडकमा उत्रिएको संघका जिल्ला संयोजक मदन तिमिल्सेनाले जानकारी दिए ।

एमाले पार्टी देखि सुरु भएको जुलुस मेनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। माग पूरा नभए सशक्त आन्दोलन चर्काउने युवा संघले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?