काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरिमा हिउँमा खेलेर रमाइलो गर्नेहरूको भीडभाड छ ।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायत क्षेत्र सेताम्य भएका छन् ।
हिउँ परेपछि हिउँ खेलेर मज्जा लिन युवायुवती तथा बालबालिका समेत चन्द्रागिरि डाँडामाथि पुगेका छन् । चिसोका कारण उपत्यकाका अन्य डाँडाहरुमा पनि सेताम्मै हिउँ परेको छ ।
तस्वीर : रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?