जिल्लाको अग्लो डाँडा छिम्केश्वरीमा हिमपात

दमौली : तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरीमा हिमपात भएको छ । बिहीबार रातिदेखि वर्षा भएसँगै शुक्रबार बिहान छिम्केश्वरी डाँडामा हिमपात भएको हो।आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरी डाँडामा वर्षौपछि हिमपात भएको वडाध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार छिम्केश्वरी मन्दिरभन्दा केही तल रहेको ठूल्ढुङ्गी भन्ने ठाउँमा हिमपातले डाँडा सेताम्य भएको छ । ‘बस्ती नभएको ठाउँमा हिउँ परेर डाँडा सेताम्य भएको छ, यसभन्दा पहिला पनि हल्काहल्का पर्ने गरे पनि यस पटक भने डाँडा सेतो हुने गरी हिउँ परेको छ’, उनले भने । समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?