चौथौ कुलुङ्ग कपमा पुरूष भलिवल तर्फ आयोजक टिम र दौड तर्फ प्रमिश प्रथम

दमौली : तनहुँ जिल्लाको व्यास नगरपालिका-१४ मझाथरमा चौथौ कुलुङ्ग कप अन्तर्गत पुरुष भलिवल तर्फ लाङ्गघली युवा क्लब र  दौडतर्फ व्यास -६ का  प्रमिश गुरुङ प्रथम भएको छ । त्यस्तै  पुरुष भलिवल तर्फ दितिय बन्दिपुर -३ का सप्तरङ्गि युबा क्लब ,तृतिय बन्दिपुर -३ का   कालिका युबा क्लब र सान्त्वना ब्यास- १४ का  रजबाम युबा क्लब भएको छ भने दौडतर्फ दितिय बन्दिपुर-३ का अजिन थापा र तृतिय ब्यास-१४ साजन थापा भएको छ  ।

त्यस्तै उत्कृष्ट बिधा हरु तर्फ उत्कृष्ट स्पाइकरमा सप्तरङ्गि युबा क्लबका  शिब थापा ,उत्कृष्ट लिफ्टरमा  कालिका युबा क्लब रबिन भट्टराई ,उत्कृष्ट डिफेन्डरमा रजबाम युबा क्लब अस्बिन श्रेष्ठ र उत्कृष्ट खेलाडिमा लाङ्गघली युवा क्लब अमृत रानाले प्राप्त गरेको थिए  ।

पुरूष भलिबल प्रतियोगितामा प्रथम हुनेले रु. ४० हजार,दोस्रोलाई रु.२५ हजार, तेश्रो हुनेलाई  रु.१५ हजार र सान्तवना हुनेलाई रु.६,००० नगद ,मेडल तथा प्रमाणपत्र प्रदान गरेको र उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको खेलकुद संयोजक दिपक सरु  मगरले  जानकारी  दिए । त्यसैगरी दौड प्रतियोगिता तर्फ प्रथम हुनेलाई रु. ५  हजार,दोस्रोलाई रु.३  हजार, तेश्रो हुनेलाई  रु.२ हजार नगद ,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको खेलकुद संयोजक मगरले बताए ।प्रतियोगिता माघ १६ गते देखि २० गते सम्म  संचालन भएको थियो   ।

‘खेल राष्ट्रको पहिचान पर्यटन प्रबर्द्दन हाम्रो अभियान ‘ भन्ने  मुला नारा साथ श्री छाब्दी बाराही लाङ्गघली युवा क्लबले कपको आयोजना गरेको क्लबका अध्यक्ष चन्द्र बहादुर आले जानकारी दिए ।विकास निर्माणका कार्यलाई तीब्रता दिदै खेल तथा मौलिक साँस्कृतिलाई पनि संगसंगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथामिकतामा राखिएको अध्यक्ष आलेले बताएका छन् । उक्त कपमा कौरा नाच, झ्याउरे नाच , सोरठी नाच,हिमश्रृंखलाहरुको अबलोकन ,होमस्टे, लाखे नाच, अगार्निक नानाहरु कुलुङ्ग गढीको अबलोकन तथा विविध साँस्कृतिक कर्यक्रम  हुने उनले बताए ।

गण्डकी प्रदेशका पूर्वमन्त्री हरि बहादुर चुमानले उद्घाटन गरेका कार्यक्रमको  समापन व्यास-१४ का अध्यक्ष  काजिमान श्रेष्ठले गरेको आयोजक समितिले  बताएका छ्न भने मिडिया पार्टनरको रुपमा दमौली अनलाइन डट कम रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?