
दमौली : पृथ्वीवराजमार्ग अन्तर्गत तनहुँको दमौलीमा रहेको मादी नदिको पुल बाट शनिवार दिउसो हाम फालेर एक महिलाको मृत्यु भएको छ ।
हाम फालेर मृत्यु भएकी महिलाको पहिचान भने खुल्न नसकेको तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए । मृत्यु हुने महिलाको पहिचान हुन नसकेको र मृत्यु भएको महिलाको विषयमा अनुसन्धान भएको पनि प्रहरी नायव उपरिक्षक खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?