दमौली :एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु तनहुँ जिल्ला कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै दमौलीमा सडक बहस गरेको छ। दमौलीको अनशन चौतारी आयोजित कार्यक्रमका बक्ताहरुले निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको भन्दै तत्काल मिति घोषणा गर्न माग गरेका छ ।
नेपाल वार एशोसियसन कास्कीका पुर्व अध्यक्ष कमल अर्यालले संविधानले जनप्रतिनिधि विहिन स्थानीय तहको परिकल्पना नगरेकाले सरकारले संविधानको विपरित गर्न नसक्ने बताए। उनले अविलम्व निर्वाचनको मिति घोषणा गर्न माग गरे। सरकारले भजन गाउने कानुन व्यवसायी परिचालन गरेर कानुनका छिद्र खोजिरहेको उपस्थित वक्ताको लगाएका आरोप छन् ।
कार्यक्रममा नेपाल वार एशोसियसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदी,पुर्व अध्यक्ष शिवदत्त ढकाल, एमालेका केन्द्रीय सल्लाहकार सदस्य एक बहादुर राना , तनहुँका उपाध्यक्ष हरिराज कँडेल , उपसचिव प्रदिपराज अधिकारी ,व्यास नगर कमिटी उपाध्यक्ष तुलसी पाण्डे ,युवा संघ तनहुँका अध्यक्ष मदन तिमिल्सिना , अनेरास्ववियु गण्डकी प्रदेशका सचिव आरके पोख्रेल लगायतले स्थानीय तहको निर्वाचन अविलम्व घोषणा गर्न माग गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?