आँबुखैरेनी गाउँपालिकाको दशौं गाउँसभाबाट बजेट संशोधन

दमौली :तनहुँको आँबुखैरेनी  गाउँपालिकाले दशैँ गाउँसभाबाट चालु आर्थिक बर्ष ०७८/७९ को  बजेट संशोधन र प्रगति प्रतिवेदनलाई पारित गरेको छ । सभाले एम्बुलेन्स संचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि ,अन्तरिक नियन्त्रण प्रणाली विधेयक  प्रस्तुत गरेको ऐन र नीतिलाई पारित गरिएको हो ।

सभामा गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले चालू आर्थिक वर्षको बजेटको संशोधन प्रस्ताव र चालू आर्थिक वर्ष ०७८ /७९ को लागि ५९ करोड ९१ लाख ३० लाखको बजेट संशोधन र प्रगतिलाई सर्बसम्मतरूपमा पारित गरिएको थियो । गाउँपालिकाका विभिन्न शाखाअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन तथा वातावरण र विकास निर्माणका योजनालगायतका बारेमा प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गाउँ सभाबाट विभिन्न तहमा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ।सम्मनित हुनेमा स्वास्थ्य शाखा प्रमुख अगमराज उपध्याय, प्रविधि अधिकृत निरोज श्रेष्ठ , लेखापाल संचय काफ्ले ,सहायक पाँचौ शिखरलाल डोटेल , अन्जु गुरुङ ,शिक्षा शाखामा कार्यरत धुरव सेढाई, अमिन सरोजचन्द्र अधिकारी , कार्यालय सहयोगी धन बहादुर दर्लामी रहेका छन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत गाेपी कृष्ण अर्याल,गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभासदहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?