दमौली : विभिन्न दल आबद्ध मोर्चाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दमौलीमा विरोध प्रदर्शन गरेका छ ।
एमसीसी राष्ट्रघाती भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी,नेपाल कम्युनिष्ट पार्टी नेकपा माले, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, राष्ट्रिय जनमोर्चा नेपाल, हाम्रो नेपाल हाम्रो नेपाली, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दमौलीमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रिय स्वाधीनता रक्षा गरौं, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । विरोधपछि आयोजित सभामा नेताहरुले देशभक्तहरुले एमसीसीको विरोध गर्नुपर्ने बताएका थिए ।
नेताहरुले कुनै पनि देशबिच हुने आर्थिक सम्झौतामा जनता प्रत्यक्ष मारमा पर्ने भन्दै नेपालीलाई सरकारले कोच्याउन खोजेको आरोप लगाउदै एमसीसी सम्झौता खारेज नभएसम्म आफूहरु चूप लागेर नबस्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?