दमौली :तनहुँको शुक्लागण्डकी नगरपालिका-१० बाङराङका तोलानारायण श्रेष्ठ (टिकाराम) काभ्रेबाट बेपत्ता हुनुभएकाे छ । ४२ वर्षीय श्रेष्ठ २१ माघदेखि बेपत्ता भएकाे हाे ।
काभ्रेको धुलिखेलस्थित आफन्तकोमा गएका उनी आफन्तकै घरबाट बेपत्ता भएको भाइ धननारायण श्रेष्ठले बताएका छन् । बिहान ४ बजे जुत्ता चप्पलसमेत नलगाईकन हराएका दाजु अझै फेला नपरेको श्रेष्ठको भनाई छ । गहुँगोरो वर्णका श्रेष्ठले निलो रङ्गको जिन्स पाइन्ट र कालो, सेतो रंग मिश्रित ज्याकेट लगाएको थियाे ।
वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरेबिया रहेका टिकाराम दुई महिना अगाडि घर फर्किएको थियाे । १६ माघमा तनहुँबाट काभ्रेस्थित आफन्तकोमा गएको परिवारले जनाएको छ ।टिकाराम लाई देख्ने कसैले नजिकको प्रहरी कार्यालयमा वा ९८६९२७००१५, ९८२३५३६६०३ सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?