ऑबुखैरेनीद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा र हर्लिक्स वितरण

दमौली : तनहुँको ऑबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा र हर्लिक्स वितरण गरेको छ ।  “अभिभावकको सुरक्षा, हाम्रो कर्तव्य” भन्ने मुला नाराको साथमा गाउँपालिकाको  बार्षिक नीति, कार्यक्रम र बजेट अनुसार गाउँपालिकामा रहनु भएका ८० बर्षमाथिका जेष्ठ नागरिकलाई न्यानाे कपडा ज्याकेट, हर्लिक्स, स्यानिटाईजर तथा माक्स वितरण गरेकाे छ ।

गाउँपालिकाले आज पहिलो चरणमा  वडा नं. १ र २ का जेष्ठ नागरिकलाई उक्त सामाग्री वितरण गरिएकाे अन्य वडाहरूमा पनि क्रमैसंग वितरण गरिने गाउँपालिका अध्यक्ष  गिर बहादुर थापाले  जानकारी दिए  । गाउँपालिकाको करिब २७५ जनालाई वितरण गर्ने याेजना रहेकाे कार्यलयले  जनाएको  छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?