प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा दमौलीमा वनभोज कार्यक्रम सम्पन्न

दमौली :प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ,व्यास नगर एकाइ समितिको आयोजनमा व्यास पराशर क्षेत्रमा बृहत वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चिकित्सक डा .रघुनाथ न्यौपाने परिषद्को कार्यक्रम धेरै उत्कृष्ट र प्रशंसनीय कार्य रहेको बताउँदै यो सङ्गठनलाई आफूले सकेको आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

परिषद्का राष्ट्रिय सह-संगठन सचिव रमेश कण्डेलले असल व्यक्ति निर्माणको माध्यमद्वारा राष्ट्रको पुनर्निर्माण गर्न सकिने भन्दै विद्यार्थीमा सकारात्मक परिवर्तनका लागि परिषद्ले देशभर शैक्षिक, सामाजिक एवं सेवा कार्य गर्दै आएको बताएका छन् । साथै नेपालमा दलीय राजनीतिभन्दा माथि रहेर राष्ट्रिय राजनीतिमा महत्वपूर्ण विषयमा कार्य गर्ने एक स्वतन्त्र विद्यार्थी सङ्गठनको रूपमा विद्यार्थी परिषदले देशको ७७ वटै जिल्ला कार्य गरिरहेको समेत जानकरी दिए ।

सोही कार्याक्रममा बौल्दै उनले भने “राष्ट्रलाई परमवैभवको स्थितिमा पुर्याउन र राष्ट्रको सर्वाङ्गीण विकासको लागि व्यक्तिलाई असल, इमान्दार, नीतिवान, चरित्रवान बनाउनु आवश्यक छ । त्यसै उद्देश्यलाई लिएर प्राज्ञिक विद्यार्थी परिषदले कक्षा ११ देखिमाथि पढ्ने विद्यार्थी त्यसै तहमा पढाउने शिक्षक र शिक्षाविद्को समूह बनाएर राष्ट्रको आवश्यकता अनुसारको व्यक्ति बनाउनका लागि देशभर विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरिरहेको छ” । साथ साथै विद्यार्थी परिषद्को बारेमा चर्चा गर्दै नेपाल आमा हाम्री आमा हुन्, युवा वर्गमा नेपाल आमाको सेवा गर्ने भाव जागृत गराउने समेत विद्यार्थी परिषदको उद्देश्य रहेको सह-संगठन सचिव कण्डेलले बताए ।

परिषद्का व्यास नगर सदस्य शान्ति दरैको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा व्यासका अध्येता काशीनाथ न्यौपाने, परिषद्का राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा, प्रदेश उपाध्यक्ष प्रकाश खड्का, व्यास नगर अध्यक्ष तेजप्रसाद लामिछाने ,उपाध्यक्ष मनोज रानाभाट , व्यवस्था प्रमुख भाग्यशाली ढुंगाना, नगर एकाइ समितिका सदस्यहरू लगायत शिक्षक, सामाजिक कार्यकर्ता, बुद्धिजीवीहरूको महत्वपूर्ण उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?