सत्तारुढ दल एसले एमसीसीविरुद्ध दमौलीमा विरोध प्रदर्शन

दमौली :सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) तनहुँले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दमौलीमा विरोध प्रदर्शन गरेका छ । एमसीसी राष्ट्रघाती भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दमौलीमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रिय स्वाधीनता रक्षा गरौं, ‘नो एमसिसि,एमसीसी हामीलाई चाहिदैन देश बेच्न पाइदैन, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर  लगाएका नारा लगाएका थिए ।

विरोधपछि आयोजित सभामा नेताहरुले देशभक्तहरुले एमसीसीको विरोध गर्नुपर्ने बताएका थिए ।नेताहरुले  कुनै पनि देशबिच हुने आर्थिक सम्झौतामा जनता प्रत्यक्ष मारमा पर्ने भन्दै  नेपालीलाई सरकारले कोच्याउन खोजेको आरोप लगाउदै एमसीसी सम्झौता खारेज नभएसम्म  आफूहरु चूप लागेर नबस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?