
दमौली : व्यास नगरपालिकाको वैरेनी जग्गा एकीकरण आयोजना सहरी विकास मन्त्रालयले स्वीकृत गरेको छ । व्यास नगरपालिकाले एकीकृत जग्गा विकास परियोजना अन्तरगत तयार गरेको वैरेनी जग्गा एकीकरण आयोजनालाई मन्त्रालयले सोमबार स्वीकृति प्रदान गरेको नगरपालिकाको बरिष्ठ इन्जिनियर रबिन्द्रलाल मूलले जानकारी दिएको छ ।
सहरी विकास मन्त्रालयले सोमबारको राजपत्रमा सूचना प्रकाशित गरि स्वीकृति प्रदान गरेको हो । जस अन्तरगत व्यास नगरपालिका वडा नं १० (साविक फराकचौर वडा नं ८ (घ) र (ङ)) अन्तरगतका जग्गाहरु रहेका छन् ।
पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरु छन ।
यसैगरी उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरु छन भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे संग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ताहरु रहेको नगरपालिकाले जनाएको छ ।
वैरेनी जग्गा एकीकरण आयोजना अन्तरगत १ हजार ५ सय ३६ रोपनिको सम्भाव्यता अध्ययन भई पहिलो चरणमा २ सय ६१ रोपनिमा जग्गा विकास योजना लागु गर्न संघिय मन्त्रालयको सहमति प्राप्त भई राजपत्रमा प्रकासित हुन बाकिँ रहेकोमा फागुन २ गते राजपत्रमा प्रकाशित गरेर मन्त्रालयले सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।
उक्त आयोजना अन्तरगत व्यास ११ रानिगाँउमा ११२६ रोपनिको सम्भाव्यता अध्ययन भएको नगरपालिकाले जनाएको छ । साथै व्यास-६ शिशाघाटमा नयाँ शहर अवधारणा सम्बन्धी प्रस्ताव नगर विकास कोष मार्फत सहरी विकास विभागमा अगाडि बढाइएको र व्यास- ५ मानहुँकोटको गुरुयोजना समेत तयार भएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?