गण्डकी प्रदेशमा फागुन ४ गते सार्वजनिक बिदा

दमौलीः  गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसका अवसरमा  बुधबार सार्वजनिक बिदा दिने  घोषणा गरेको छ ।

प्रदेश स्थापना दिवसका अवसरमा प्रगति सार्वजनिक, प्रदेश रत्न पुरस्कार वितरणलगायतका कार्यक्रम गर्ने तयारी गरेको र दिवसका लागि फागुन ४ गते बुधबार बिदा दिने निर्णय भएको मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए ।

प्रदेश सरकारका तर्फबाट यससम्बन्धमा एक सार्वजनिक सूचना पनि जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?