दमौली : एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एक मोर्चाले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव दमौलीमा पनि परेको छ ।बन्दका कारण दमौलीमा सार्वजनिक यातायातका साधनहरू कमै मात्रामा चलेका छन् भने निजी सवारीसाधन पनि फाटफुट रूपमा मात्र चलेका छन् ।
दमौलीका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन् । भित्री सडक खण्डमा पसलहरू केही मात्रामा खुलेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
विरुद्ध आयोजन गरेका कार्यकर्ताहरुले दमौलीको सडकमै नाराबाजी गरेर सडक अवरुद्ध समेत गरेका छन् । पार्टीले सञ्चालन गरेको एमसिसी सम्झौताविरुद्ध आन्दोलनलाई सरकारले बेवास्ता गरेको भन्दै ५ वटा कम्युनिस्ट पार्टीले आह्वान गरेको राजमार्ग बन्द कार्यक्रम अन्तर्गत राजमार्ग अवरुद्ध गरेको पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।
जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई बलियो पार्न ठाउँ ठाउँमा सुरक्षाकर्मी खटिएको र गस्ती समेत बढाइएको तनहुँ प्रहरी जनाएको छ ।गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?