दमौली : तनहुँका एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका-६ की ८२ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
महिलाको हिजो दिउँसो १२.३० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा मृत्यु उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।उनिमा यहि फागुन १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार जिल्लाका २ जना कोरोना संक्रमित थपिएका छन । जसमा १ जना महिला र १ जना पुरुष रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?