
दमौली :नेपाल भुतपुर्व सैनिक संघ ब्यास-४ को अध्यक्षमा क्या.रेशम बहादुर गुरुङ पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन।
संघको सचिवपदमा लक्षमण गोशली, कोषाध्यक्षमा सुवेदार बेलबहादुर थापा मगर सर्वसम्मत निर्वाचित भएका छन। यसैगरी संघको सदस्यहरुमा क्रमश हवल्दार कुपल थापा,हवलदार जगराम गुरुङ ,सुवेदार भिम जंग पाण्डे क्षेत्री,सुवेदार खड्गबहादुर गुरुङ ,हवलदार मोहनबहादुर राना सहित विधान अनुसार भेलाले ८ जनालाई सर्वसम्मत निर्वाचित गरेको हो ।
प्रमुख अतिथि नेपाली काँग्रेस तनहुँका निवर्तमान जिल्ला सभापति बैकुण्ठ न्यौपानेले शुभकामना मन्तब्यका क्रममा बोल्दै भुपु सैनिकहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल, नेपालीको सुरविरता र अमुल्य योगदानको सहितको पहिचानले नेपालको गौरब वढाएको बताए । यसैगरी नेपाल काँग्रेसका पुर्व सभापति रघुनाथ पौडेलले भुतपुर्व सैनिकहरुको योगदान ,संघर्ष,वलिदानले नेपालको छवि उच्च राख्न सफल भएको बताए ।
विशिष्ट अतिथि गण्डकी प्रदेश सदस्य ब्यास नगरपालिकाका पुर्व मेयर ताराप्रसाद श्रेष्ठले सम्पुर्ण भुपुहरु विभिन्न आग्रह पुर्वाग्रह त्यागेर अधि बड्नुपर्नै बताए ।
कार्यक्रममा नेपाली काँग्रेस वडा कार्यसमिति ब्यास-४का सभापति देवबहादुर गुरुङ, ब्यास-४ का पुर्व वडाध्यक्ष केशरबहादुर गुरुङ, वडा प्रतिनिधि ल्याप्टेन मनबहादुर गुरुङ लगाएतका बक्ताहरुले निर्वाचित पदाधिकारीहरुलाई शुभमन्तब्य ब्याक्त गरेका थिए। कार्यक्रमको संचालन नेपाल भुतपुर्व सैनिक सघका निवर्तमान सचिव पंचबहादुर गुरुङले गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?