दमौली :तनहुँको म्याग्दे गाउँपालिका वडा – २ स्थित काफ्लेथाेकमा १६ फिटकाे भगवान् शिवकाे मूर्ति उद्घाटन भएको छ । शिवरात्रिकाे अवसर पारेर मूर्तिकाे उद्घाटन गर्दै अध्यम्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले मुर्ति निर्माणले पर्यटकको आगमन बढ्ने बताइन् ।
जनहीत पिताम्वर सामुदायिक संस्थाकाे नाममा स्वर्गीय साेमनाथ काफ्ले भगवती काफ्लेकाे परिवारजन रमेश काफ्ले र दिनेश काफ्लेले उपलब्ध गराएको करिब ५ राेपनी जग्गामा मूर्ति राखिएको हाे । जग्गाको अहिले १ करोड भन्दा बढी मुल्य रहेको जग्गादाता रमेश काफ्लेले बताए । काफ्लेले धार्मिक र पर्यटकीय क्षेत्र काे रूपमा बिकास भइ यश ठाउँलाई चिनाउन सकियोस् भनेर जग्गा दान दिएको बताए । उक्त स्थानमा पार्क , गार्डन् , बृद्धाश्रम बनाउनकाे लागि डिपिअार तयार पारिएको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे,श्रीप्रसाद श्रेष्ठ , मुरलिमाेहन काफ्ले , चन्द्रबहादुर रानाभाट , मनिराज थापा , शम्भु बहादुर अधिकारी , रामबहादुर अधिकारी , रमेश काफ्ले लगायतका बक्ताहरूले मुर्ति स्थापनाले यस ठाउँको गरिमा बढ्दै जाने बताएका थिए ।
मुर्तिकार महेन्द्र पुन मगरले बनाएको भगवान शिवकाे १६ फिटकाे मुर्ति माछापुच्छ्रे ब्रिक फ्याक्ट्रि नजिकै राखिएको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?