पोखरा – धनगढी सीधा हवाई उडान शुरु

पोखरा: पर्यटकीय सहर पोखराबाट धनगढी सीधा उडान शुरु भएको छ । बुद्ध एयरले बुधबारदेखि उडान शुरु गरेको हो ।

नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको पहलमा सीधा उडान शुरु गरिएको हो । योसँगै पोखराबाट प्रदेश १ र कर्णालीबाहेक सबै प्रदेशमा सीधा हवाई कनेक्सन जोडिएको छ ।

धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ । बिहान ११ : ४० मा पोखराबाट धनगढी उड्ने जहाज धनगढीबाट १२ः५० मा फर्किनेछ । ५५ मिनेट उडानका लागि ६ हजार नौ सयदेखि १२ हजार दुई सयसम्म भाडा तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?