फोनिज गण्डकी प्रदेशको अध्यक्षमा रुद्र श्रीस मगर चयन

पोखरा : नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा रुद्रबहादुर श्रीस मगर चयन भएका छन । बुधबार पोखरामा सम्पन्न दोस्रो प्रादेशिक महाधिवेशनबाट श्रीस मगर सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । श्रीस मगर यसअघि फोनिज गण्डकीको महासचिव थिए ।

यस्तै महाधिवेशनबाट उपाध्यक्ष द्वयमा खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) चयन भएका छन ।महासचिवमा धनबहादुर गुरुङ (सुमन), सचिवद्वयमा त्रमशः विजय रानामगर (संगठन) र अर्जुन गाहामगर सुशान्त (संस्थागत) र कोषाध्यक्षमा रत्ना गुरुङलाई चयन भएका छन ।

सदस्यहरुमा क्रमशः गिता रानामगर, कृष्णबहादुर आलेमगर, चेतबहादुर थापामगर (प्रविन), सुरज थापामगर, सुमन थापामगर, शारदा श्रेष्ठ, गणेश गुरुङ (सुरेन), टोपबहादुर रानामगर र मनलाल गुरुङ चयन भएका छन ।

महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको फोनिज गण्डकी प्रदेश ईन्चार्ज हुम गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?