दमौलीमा आगलागी, आगो नियन्त्रणको प्रयास जारी( तस्बिर सहित )

दमौली : तनहुँको व्यासनगरपालिका -४ मेनचोकमा  रहेको एक हार्डवेयर आगलागी भएको छ । आज बिहान १० बजे भुपाल गोदामबाट आगलागी सुरु भएको हो । अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको छ भने प्रहरी र स्थानीय मिलेर सहयोगगरिरहेका छन् ।

गोदाममा लागेको  आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रहरी  जनाएको छ । आगलागी के कति कारणले भएको हो र कति क्षति भयो भन्ने बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?