दमौलीमा लागेको आगो हेलिकप्टरले निभाउदै

दमौली : तनहुँको व्यासनगरपालिका -४ मेनचोकमा रहेको हार्डवेयरमा लागेको आगोलाई  निभाउन हेलिकप्टरले थालेको छ । बजार नजिक रहेका मादी  नदीबाट पानी ओसारेर  हेलिकप्टर मार्फत् आगो निभाउन थालिएको हो ।

काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर दमौली आएको स्रोतले बताएका छन् । आगो लागेको ठाउँमा बाटो साँघुरो भएकाले दमकल पुग्न कठिन भएको थियो ।

दमकल नजिक लैजान बाटोमा पर्ने टहरो भत्काइएको छ । अहिले दमकल र हेलिकप्टर दुवैबाट आगो निभाउने प्रयास जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?