पल शाह विरुद्ध जिल्ला अदालत तनहुँबाट १२ दिनको म्याद थप

दमौली : जबरजस्ती करणीको अभियोग लागेर जिल्ला प्रहरी कार्यलय तनहुँको थुना भित्र रहेका अभिनेता पल शाहलाई १२  दिन  अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ  । तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि १२ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न १२ दिनको म्याद दिएको हो ।  हरीले अनुसन्धान नसकिएकाले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो। प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।

शाह गत आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो ।पहिलो पटक सात दिनको म्याद थप भएको थियो। अनुसन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?