दमौली : तनहुँ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिले व्यास –४ , मेन चोकमा आइतबार भएको आगजनीको घटनाप्रति दुःख प्रकट गरेको छ ।
तनहुँ उद्योग वाणिज्य संघका सभापति पविन्द्र कुमार श्रेष्ठ महासचिव सुबोध अधिकारी , उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिका उप -सभापति राजेश मल्ल सचिव माधव न्यौपानेले संयुक्त विज्ञप्ति प्रकाशित गरी अकल्पनीय र अप्रत्यासित रुपमा भएको आगजनी भएको घटनाबाट व्यवसायी गरी बसेका तमाम व्यवसायीहरुको पसल क्षति भएकोमा दुःख प्रकट गरिएको छ ।
आगोलागीको संवेदनशील घटनाबाट प्रभावित व्यवसायीहरुलाई विचलित नहुन आग्रह गर्दै दुवै संस्थाले सम्बन्धित पक्षलाई सक्दो सहयोग गर्न अपिल गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?