काठमाण्डाै : निर्वाचन आयोगले अब मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने भएको छ । आज साेमवार आयोगले आउँदाे स्थानीय तह चुनावकाे तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा चुनाव चिह्न हरियो रङको हुने बताएको हो ।
आयोगले पत्रकार सम्मेलनमा गर्दै निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म–संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिएका हुन ।
निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो–भिडियो सामग्री तयारी गर्नका लागि चुनावसम्बन्धी गीति सन्देश, संवादमूलक सन्देश र चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचनाअनुसार प्राप्त भएका रचनाहरूको मूल्याङ्कन भइरहेको र ती सामग्रीहरू आयोगले उपयोग गर्ने पनि बताए ।
आउँदाे वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?