
दमौली :तनहुँको व्यास नगरपालिका–४ मा आइतबार मेन चोकमा भएको आगलागीबाट भएको क्षति विवरण सङ्कलन गर्न नगरपालिकाले समिति गठन गरेको छ । क्षतिको विवरण सङ्कलन गर्नका लागि व्यास नगरपालिकाका घरनक्सा शाखाका प्रमुख ई. अमृत के.सीको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरेको हो ।
नगरपालिका घरनक्सा शाखाका प्रमुख ई. अमृत के.सीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक श्री कुमार गुरुङ, उद्योग वाणिज्य संघ बजार इकाई सचिव श्री माधव न्यौपाने रहेको छ ।
आगलागीका कारण भुपाल हार्डवेयर , ज्वोती सप्लायर्स, तनहुँसुर मिनि मार्केट ,बलाराम राना, होमबहादुर गुरूङ, राममाया गुरुङ, लालबहादुर गुरुङ, चन्द्रमाया विक, दीपक श्रेष्ठ लगायतका घरहरुमा समेत क्षति पुगेको जनाएको छ ।
घर गायतका, कोठामा बस्नेहरु र गोदाममा आगलागि भई भएको क्षतिको यथार्थ विवरण संकलन गर्न यहि फागुन २६ गते सम्मको समयवाधि तोकेको नगरपालिकाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?