मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध

दमौली : विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका छन् । स्थानीयको प्रदर्शनले डुम्रे-बेसीसहरको तनहुँ खण्ड र प्रशासनको निषेधाज्ञाले लमजुङ खण्डमा यातायात ठप्प छ ।

भानु नगरपालिका-९, बाइसजाँगरमा पीडितका आफन्त र स्थानीयले बाइसजाागर चोकमा टायर बालेर सडक अवरोध गरेको हो । उनीहरूले विद्यालयका संस्थापक बाबुराम पौडेलसहित पौडी खेल्न सँगै गएका शिक्षक र विद्यार्थीमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।होस्टेलका विद्यार्थीलाई पौडी खेल्न लगेको, आफन्तलाई थाहै नदिई शव लगेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

घटनाको विषयलाई लिएर स्थानीयले संघर्ष समिति बनाएका छन् । घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका पीडित पक्षले विद्यालयको दुईवटा बस, एउटा भ्यान र स्कुलको गेटसमेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

मंगलबार लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत भानु नगरपालिका ९, बाइसजाँगरका १८ वर्षका सनिज श्रेष्ठको  पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?