काठमाडौं : उमेरले ३५ वर्ष नाघेपनि अभिनेता बुद्धि तामाङ अविवाहित छन् । सबैजसो पत्रकार सम्मेलनमा उनलाई सोधिने प्रश्न उही हुन्छ- अब बिहे चाहिं कहिले गर्ने ?
बुद्धिको पनि उही उत्तर हुन्छ- बाल विवाहमा परिन्छ कि ।’
बिहेको प्रश्नलाई उनले हाँसीमजाकमा टारिदिने गरेका छन् । ‘अहिले नै बिहे गरे बालविवाहमा परिन्छ कि भनेर’ उनले ठट्यौली उत्तर यसपटक पनि दिए । यसअघि आयोजित ‘कबड्डी ४’ फिल्मको पत्रकार सम्मेलनमा पनि बुद्धिले विवाहको प्रश्नमा यही उत्तर दिएका थिए । शारीरिक बनावटका कारण अहिले पनि आफू १७-१८ वर्ष उमेरको देखिने भन्दै उनले यस्तो बताउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?