काठमाडौं : संखुवासभाको मादीमा बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ ।
बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका १३ जनाको परिचय खुल्न बाँकी छ । बसमा १५ जना यात्रु र चालक, सहचालक रहेका प्रहरीले जनाएको छ । घाइते भएका उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?