
दमौली : तनहुँको व्यासनगरपालिका ५, स्थित पाटनमा रहेको पाटन पार्क अहिले अलपत्र अवस्थामा रहेको छ। केहि समय अघि युवावर्गको रोजाईमा पर्न सफल पार्क पछिल्लो समय नाम मात्रको पार्क बनेको छ । पार्कलाई आकर्षण र मनोरञ्जनको केन्द्र समेत भैसकेको थिए तर अहिले संरचना संरक्षण आभावका कारण पार्कको नाम नै लोभ हुने चिन्ताको बिषय भएको छ ।
२ बर्ष अघि संघीय सरकारको ३ करोड ५३ लाख रुपैयाँ लगानीमा निर्माणाधीन सो पार्कका निर्माण भएको संरचना समेत अहिले भत्किन थालेका छन् । ड्रयागन निर्माण सेवाले उक्त पार्क डेढ वर्षमा सक्ने गरी २०७६ वैशाखमा जिम्मा लिएको थियो । तर निर्धारित समयभित्र योजना सम्पन्न हुन नसक्दा निर्मित संरचना संरक्षण अभावमा भत्किन थालेका हो पार्कको बीच भागमा समेत झार उम्रेर कुरुप देखिएको प्रस्टै देख्न सकिन्छ ।
माछा आकारमा बनाइएको पोखरी भत्किएको छ भने पोखरी भित्रको पानीमा ल्याउ र पानीका बोतलले पोखरी नै कुरूप बनाएको छ। यसो हेर्दा लाग्छ पोखरी नै डसबिन हो जस्तो भन हुन्छ । निर्माण कम्पनि तथा संघीय सरकार देखि स्थानीय सरकारको समान्वयन हुन नसक्दा योजना कहिले सम्पन्न होला भन्नेमै स्थानीय अलमलमा छन् ।केहि महिना अघि बर्खामा आएको सेती नदीको बाढीले नदि क्षेत्रको भागमा नराम्ररी क्षति पु¥याएको छ भने केही संरचना समेत भत्काएका छन ।
महर्षि व्यासको र परासर ऋषिको जन्म र तपोभूमिमा निर्माण भइरहेको पार्कलाई पर्यटक आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिए तापनि समयमा नै निर्माण सम्पन्न हुन नसक्नु र बनेका संरचना समेत संरक्षण अभावमा भत्किन जानुमा सबन्धित निकाय वा सरोकारवालाको समयमै ध्यान दिनु पर्ने देखिन्छ।
तस्विरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?