तरुण दलले एमालेबारे भ्रम छरेको युवा संघको आरोप

दमौली :  राष्ट्रिय युवा संघ नेपाल तनहूँले तरुण दल तनहूँले नेकपा एमाले बारेमा भ्रम छरेको आरोप लगाएको छ  नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा वितरण गरिएको तरुण दलको पत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई विभिन्न अतिरञ्जीत र भ्रामक शब्द राखी लिखित प्रतिवद्धता नामको भ्रमपत्र  युवा संघ नेपाल जिल्ला कमिटी तनहूँ घोर आपत्ती प्रकट गरेको छ  ।

। राष्ट्रिय युवा संघ नेपाल तनहूँका अध्यक्ष मदन तिमल्सेनाले आज एक विज्ञप्ति जारि गर्दै अध्यक्ष तिमल्सेनाद्धारा जारि वित्रप्तिमा कांग्रेसले सरकारको नेतृत्व गरेको वखतमा नै नेपालमा सबै भन्दा धेरै भ्रष्टाचार मौलाएको साथै स्वदेशी उद्योग तथा कलकारखानाहरु बेचेको, नदिनाला बेचेको, बिदेशीको सामु लम्पसार परेको, दलाल पुँजीबादी बर्गको संरक्षण गरेको र राष्ट्रिय अर्थतन्त्र ध्वस्त पार्ने पार्टीको रुपमा कांग्रेस पार्टी रहेको नेपाली जनता सामु घाम जस्तै छर्लंड्ड रहेको  बताएका छन् ।

नेपाली स्माभिमान र राष्ट्रियतालाई विश्वसामु चिनाएको साथै राष्ट्रियता, अखण्डता र राष्ट्रिय हित र एकताको पक्षमा रहेको पार्टी नेकपा एमाले लाई भ्रमपूर्ण आरोप लगाइएको प्रति खेद प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?