प्रेस चाैतारीकाे अध्यक्षमा बस्नेत चयन

पोखरा: नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै रोजाईमा बस्नेत फेरि अध्यक्ष भएकाे हाे ।

कमिटीको महासचिव हिरामान लामाउपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डेचयन भएकाे छ ।उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती कमा हुनुस्टाटस ले राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्यतालिका अनुसार उम्मेद्‍वारी दर्तासहित राति ११ बजे उम्मेद्‍वारको अन्तिम नामावली प्रकाशन हुनुपर्ने हो । तर उम्मेद्‍वारी दर्ता नै नभई पदाधिकारी टुंगो लगाइएको असन्तुष्टहरुले बताए ।

घोषित कमिटीको महासचिव हिरामान लामा भएकाे छ । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिनुभयाे । नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ । प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदुरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिवमा चयन भएको छ।

प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएकाे छ । अध्यक्षमा चार जनाको दावी थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दावी गरेको  थियाे । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?