दमौलीः तनहुँको व्यासनगरपालिका -४ मेनचोकमा भएका आगलागी पीडितलाई अमेरिका निवासी एक दम्पत्तीले ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् ।
तेह्रथुम जन्म घर भई हाल अमेरिकाको न्यूयोर्कमा कार्यरत हेम थापा र उनको श्रीमती माया थापाले आफ्नै कमाइबाट हेम एन्ड माया फाउन्डेसनमार्फत सो सहयोग पठाएका हुन् ।
थापा दम्पत्तीले नेपाली काङ्ग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनालमार्फत् उक्त सहयोग गरेका हुन् । खनालले व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेलाई साेमबार उक्त रकम हस्तान्तरण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?