काठमाडौं : आईसीसी विश्वकप लिग टूमा नेपालले युएईसँग ४८ रनले पराजित भएको छ । यूएईले दिएकाे १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।
नेपालका लागि राेहित पाैडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र साेमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए ।
बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए । यस्तै जहाेर खान र राेहन मुस्तफाले एक–एक विकेट हात पारे ।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायाे । यूएईका लागि राेहन मुस्तफा र चुन्दनग्यापाेएल रिजवानले समान ४०/४० रन बनाए ।
बलिङतर्फ नेपालका साेमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक/एक विकेट लिए ।
अङ्क तालिकामा नेपाल १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अङ्कका साथ पाँचाैँ स्थानमा छ । यूएई १६ खेलमा नाैमा जित र पाँचमा हारसहित २० अङ्कका साथ दाेस्राे स्थानमा छ ।
ओमान २७ खेलमा १७ मा जित र आठमा हार सहित ३६ अङ्कसहित तालिकाकाे शीर्षस्थानमा छ ।
अब नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?