दमौली : नेपाली कांग्रेस तनहुँ क्षेत्र न.२ को क्षेत्रीय सम्मेलन सोमबार भिमादमा सम्पन्न भएको छ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ। प्रमुख अतिथि केन्द्रीय सदस्य भण्डारीले पार्टी सिद्धान्त,निति र अनुशासनले चल्ने भएको हुदा सबैले जनताको विश्वासको मत लिएर चुनावमा जानपर्ने बताएका छन् ।
आगामी दिनमा सबै नेता कार्यकर्ता एकजुट हुनुपर्ने नेता भण्डारीको भनाइ थियो। आगामी स्थानिय तहको निर्वाचनमा लोकप्रिय उम्मेदवार चयन गरीने भनाइ थियो।त्यस्तै अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलले कांग्रेसको जित्यो भने जनताले देशले जित्नेछ।वडा देखि कांग्रेसले निर्वाचन जित्न जरुरी छ।सम्पूर्ण शक्ति लगाएर वडा तहदेखि नेता कार्यकर्ता घरघर जानुपर्ने उनको भनाइ थियो।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले एमसिसि परियोजना पासले देश र नेपालीको हितमा रहेको बताए। जनताको घरघरमा पुगेर बुझाउनुपर्ने उनको भनाइ थियो।
त्यस्तै केन्द्रीय सदस्य धुव्र वाग्लेले कम्युनिस्ट देशलाई स्थायी गति दिन सक्दैनन्। कम्युनिस्ट र कांग्रेस मध्य जनताले तुलना गर्दा अबको तिनै तहको चुनावमा कांग्रेसलाई रोज्ने बताए। पार्टीमा टोलसमित वडा सक्रिय हुन पर्ने वाग्लेको भनाइ थियो। केन्द्रीय सदस्य तथा तनहुँमा खटिएका केन्द्रीय प्रतिनिधि मधु आचार्यले सबै स्थानिय तह जिताउन एक हुँदै लाग्नुपर्ने बताएका थिए।
क्षेत्रीय सभापति चुडामणि खनालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सभापति जितप्रकाश आले,उपसभापति द्वय राजेन्द्रकृण्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ जिल्ला सचिव लक्ष्मी भक्त खनाल,प्रदेश सभापति ईन्द्रबहादुर थापा लगायतले बोलेका थिए।कार्यक्रममा क्षेत्रीय सचिव जीवन चन्द ठकुरीले कार्यक्रम सञ्चालन गरेका थिए।
सम्मेलनमा बोलेका नेताहरूले निर्वाचन चुनावमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आव्हान समेत गरेका थिए। केन्द्रीय समितिको निर्देशन र जिल्ला कार्यसमिति तनहुँको निर्णय अनुसार कांग्रेसले सम्मेलन र प्रशिक्षण गरिरहेको छ। पूर्वमन्त्री भण्डारी म्याग्दे गाउपालिकाको काउलेपानीमा पनि कार्यकर्ता भेटघाट गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?