जनप्रतिनिधिले फेरि उम्मेदवार हुन राजीनामा दिनुपर्ने आचारसंहिता खारेजीको माग गर्दै रिट

काठमाण्डाै : निर्वाचित जनप्रतिनिधिले फेरि उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

आयोगले बनाएको आचारसंहिता गैरकानुनी भएको तथा केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएको आचारसंहिता गैरकानुनी भएको रिट निवेदनमा छ ।

निर्वाचन आयोगले आउँदाे वैशाख ३० गते सात सय ५३ वटै स्थानीय तहको चुनाव एकै पटक गर्ने तय गरेको छ भने चुनावमा फेरि उठ्न चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?