दमौली : तनहुँ उद्योग वाणिज्य सङ्घको द्वारा आयोजना गरेको आठौं तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घघाटन गर्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा तनहुँमा आउने भएको छ।
भोलीदेखि हुने आठौं तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको भवन उद्घघाटन गर्न प्रधानमन्त्री देउवा बिहिबार तनहुँ आउन लागेको हो।
काङ्ग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार दिउँसो १ बजे आठौ तनहुँ महोत्सव र ३ बजे ऋषिङ गाउँपालिकाको देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भैसकेको अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै ऋषिङ गाउँपालिकाको भवनको उद्घाटनको तयारी पूरा भैसकेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।
तस्वीर फाइल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?