ऋषिङको भवन उदघाटन गर्ने कार्यक्रम एमालेद्वारा वहिष्कार

दमौली : नेकपा एमालेले तनहुँको ऋषिङ गाउँपालिकाको बिहीबार हुने भवन उदघाटनको कार्यक्रम वहिष्कार गर्ने भएको छ। एमाले ऋषिङ गाउँ कमिटीले  एक प्रेस विज्ञाप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम वहिष्कारको घोषणा गरेको हो ।

गाउँपालिकाको केन्द्रका विषयलाई लिएर एमाले ऋषिङ विगतदेखि नै एकमत रहेकाले उक्त कार्यक्रममा सहभागी हुन नसकिने ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?