दमौली : रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा ‘१९औं स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिता’ हुने भएको छ । दौड प्रतियोगिता आगामी चैत १२ गते शनिबार दमौली अनसनचौतारी देखि छाब्दी बाराही मन्दिरसम्म हुने क्लबले जनाएको छ । दौडको दुरी ९ किलोमिटर रहेको छ ।
खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने दौड प्रतियोगिताको मुख्य उद्धेश्य रहेको क्लबका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए । उक्त दौड प्रतियोगितामा प्रथम, दित्तीय र तृतीय हुनेले क्रमस: रु. १२ हजार १२, रु. १० हजार १० र रु. ८ हजार ८ नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन् । यस्तै सान्तवना हुने रु. २ हजार २ पाउनेछन ।
प्रतियोगितामा करिब ५० जना धावकहरुले सहभागिता हुने अपेक्षा राखेको कार्यक्रम संयोजक विशाल श्रेष्ठले बताए । दौड रुट दमौलीको अनसन चौतारीबाट सफासडक, पृथ्वी राजमार्ग, गम्बुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरसम्म हुने संयोजक श्रेष्ठले जानकारी दिए ।
भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
‘स्वार्थ भन्दा माथि सेवा’ एवम् ‘साथित्व र भातृत्व संगै सेवा’ भन्ने मुल नारामा रहि समाजमा सकारात्मक सन्देश जाने विभिन्न गतिवाधिहरु साथ आफ्नो उपस्थिति देखाउँदै आएको रोट्रयाक्ट क्लव अफ दमौलीले हरेक वर्ष सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्दै आईरहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?