पोखरा : स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका- १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।
चाउथेबाट विजयपुर तर्फ आउँदै गरेको ग २२ प ००७ नं.को स्कुटर विजयपुरमा विपरीत दिशाबाट आउँदै गरेको रामबजार स्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग १ क ९९६ नं.को बसमा ठक्कर खाँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
स्कुटरले पहिला पैदल यात्री पोखरा १३ मियाँपाटन की ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो । लगत्तै विपरीत दिशाबाट आइरहेको स्कुलको बसमा ठोक्किन पुगेको हो । स्कुटर चालक घाइते वाग्लेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
स्कुटरको ठक्करबाट घाइते भएकी घर्तीको लेखनाथ सिटी अस्पताल शिशुवामा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए । बस,स्कुटर र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता र तिवारीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?