महोत्सवको दोस्रो दिन तृष्णाको प्रस्तुतिमा झुमे दर्शकहरु

दमौली : आठौं तनहुँ महोत्सवको दोस्रो दिनमा युवापुस्ता माझ चर्चित गायिका तृष्णा गुरुङले शुक्रबार दमौलीमा प्रस्तुति दिएकी छिन ।तृष्णाको गितहरुमा दर्शकहरू मज्जाले झुमेका थिए ।

यस सँगसँगै ज्योति लोहनी, उमादेवि खनाल,रमेश श्रेष्ठ, सावित्रा हड्खले,सुभद्रा श्रेष्ठ,सीता गुरूङ लगायतका कलाकारहरूको बेजोड प्रस्तुती मा दर्शकहरूले नाचेर साथ दिए ।

कलाकारको प्रस्तुतीमा दर्शकहरू रमाइलोमा झुम्दै नाचेर साथ दिएका थिए । साथै कार्यक्रममा गाउँवेसि रोधि घर डुम्रे र लोक दोहोरि प्रतिष्ठान तनहुँ बिच लोकदोहोरी प्रतियोगिता भएको थियो ।

त्यसैगरी महोत्सवको तेस्रो दिनमा भोलि राष्ट्रिय कलाकार राजु परियार, रचना रिमाल, लक्ष्मी नेपाली र अनुराग थापाको प्रस्तुति रहने महोत्सवका प्रबक्ता इम कुमार मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?