सिमलटार खानेपानी आयोजना निर्माण सकियो, उद्घाटनको मिति सर्यो

दमौली : तनहुँको बन्दीपुर गाउँपालिका-२ स्थित सिमलटार खानेपानी आयोजनाको निर्माण कार्य सकिएको छ । काङ्ग्रेस नेता नेपाली काङ्ग्रेसको केन्द्रिय समितिको बैठकले संसदीय बाेर्डकाे बैठकका कारण ताेकिएकाे सार्नु परेको आयाेजनाले जनाएको छ ।

१ करोड ५१ लाख रुपैयाँको लागतमा निर्मित आयोजनाको उद्घाटन मिति सरेको सिमलटार लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष रोजन बानियाँले जानकारी दिए । उनका अनुसार आयोजनाको उद्घाटनको मिति यही चैत १३ गतेका लागि तोकिए पनि पछि धकेल्नु पर्ने भएको छ । २२५ घरधुरी लाभान्वित हुने उक्त आयोजनाको प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत व्यक्तित्वको विशेष कारणवश यही चैत १८ गतेका लागि सरेको बानियाँले बताए ।
 उक्त आयोजनाबाट वितरण गरिएको खानेपानी मार्फत सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका २२५ घरधुरी लाभान्वित हुनेछन् । उक्त खानेपानी आयोजनाको काङ्ग्रेस नेता शेखर कोइरालाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?