भारतीय सेनाका गुरुङ उचाल्यो सचिन स्मृति दौडको उपाधि

दमाैली : रोटर्याक्ट क्लव अफ दमौलीले शनिबार आयोजना गरेको १९ औं स्व. सचिन स्मृति दौड प्रतियोगिताको उपाधि भरत गुरुङले उचालेको छ। व्यास –३ अनसनचौतारी देखि व्यास –१४ छाब्दीसम्मको ९ किलोमिटर दूरी ३० मिनेट दश सेकेण्डमा पार गर्दै भानु –३ तुरतुरे निवासी  भारतीय सेनामा कार्यरत गुरुङले उपाधि उचालेका हुन् ।

प्रतियोगितामा नवलपुर कावासोतीका रन्जित मगरले ३१ मिनेटमा पार गर्दै द्वितीय भएका छन् ।  मगर पनि भारतीय सेनामा कार्यरत छन्। त्यस्तै प्रतियोगितामा व्यास नगरपालिका–६ का प्रमिश गुरुङ तृतीय भएका छन् । उनले उक्त दूरी ३१ मिनेट ५० सेकेण्डमा पार गरेकाे कार्यक्रम संयाेजक विशाल श्रेष्ठले जानकारी दिए ।

महिलातर्फ बागलुङ निवासी नेपाली सेनामा कार्यरत दुर्गाकुमारी शर्मा प्रथम भइन् । शर्माले उक्त दूरी ४१ मिनेटमा पार गरिन् । बाल धावकतर्फ ११ वर्षीय किर्तिक घर्तीले ५७ मिनेटमा उक्त दूरी पार गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १२ हजार १२, रु १० हजार १० र रु ८ हजार ८ प्रदान गरिएको क्लवका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए।

प्रतियोगितामा महिला र पुरुष गरी एक सय ४४ धावकको सहभागि रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?